नासा सेक्युरिटिजद्वारा ‘रोड टु T20 वर्ल्ड कप-अघि बढ्छ नेपाल’ क्याम्पेन सार्वजनिक

१० भाग्यशाली नयाँ डिम्याट खातावालालाई भारतमा प्रत्यक्ष विश्वकप क्रिकेट हेर्ने अवसर

काठमाडौँ । नासा सेक्युरिटिज लिमिटेडले नेपाली क्रिकेटप्रेमीहरूलाई लक्षित गर्दै ‘Road to T20 World Cup – अघि बढ्छ नेपाल’ नामक विशेष क्याम्पेन सार्वजनिक गरेको छ ।

यस क्याम्पेन अन्तर्गत नासा सेक्युरिटिजले १० जना भाग्यशाली नयाँ डिम्याट खाता खोल्ने ग्राहकलाई भारत लगेर ICC Men’s T20 Cricket World Cup 2026  मा नेपालले खेल्ने खेल प्रत्यक्ष स्टेडियमबाट हेर्ने अवसर प्रदान गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार, ११ डिसेम्बर २०२५ देखि २९ जनवरी २०२६ सम्म नासा सेक्युरिटिजमा नयाँ डिम्याट खाता खोलेका ग्राहकहरू यस क्याम्पेनमा सहभागी हुन योग्य हुनेछन् । सो अवधिमा खाता खोली Approved अवस्थामा पुगेका सबै नयाँ ग्राहकहरू क्याम्पेनका लागि स्वतः योग्य हुनेछन् ।

पुरस्कार विवरण

क्याम्पेन अन्तर्गत छनोट हुने १० जना विजेताले फेब्रुअरी ७ देखि ९, २०२६ सम्म भारत (मुम्बई) मा हुने विश्वकप यात्राको सुविधा प्राप्त गर्नेछन् । नासाले उपलब्ध गराउने ट्राभल प्याकेजमा:

  • नेपाल–भारत दुईतर्फी हवाई टिकट,
  • फेब्रुअरी ८, २०२६ मा हुने नेपालको T20 विश्वकप खेलको म्याच टिकट,
  • ट्विन–सेयरिङ आधारमा होटल बसोबास (बेड एन्ड ब्रेकफास्ट सहित),
  • एयरपोर्ट–होटल–स्टेडियम आवत–जावतको व्यवस्था समावेश रहनेछ।

लक्की ड्र कार्यक्रम

क्याम्पेन अवधिभर पारदर्शी र निष्पक्ष ढंगले लाइभ लक्की ड्र मार्फत विजेताहरू छनोट गरिने नासाले जनाएको छ। लक्की ड्र तालिका अनुसार:

  • जनवरी २, २०२६ – २ विजेता
  • जनवरी ९, २०२६ – २ विजेता
  • जनवरी १६, २०२६ – २ विजेता
  • जनवरी २३, २०२६ – २ विजेता
  • जनवरी ३०, २०२६ – २ विजेता गरी कुल १० जना विजेता छनोट गरिनेछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =