गोदरेजको ४ वर्षे कम्प्रिहेन्सिभ वोरेन्टी औपचारिक रूपमा सार्वजनिक

काठमाडौँ । गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे लाई Comprehensive Warranty औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

Godrej ले आफ्ना वाशिङ मेसिनहरूमा ४ वर्षको Comprehensive Warranty सँगै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन
निश्चिन्तता दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार Godrej का यी वाशिङ मेसिनहरू AI-Powered Turbidity Sensing प्रविधिसहित डिजाइन गरिएका छन् । यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ । यसले १५० प्रतिशत सम्म बढी Rinsing प्रभावकारिता प्रदान गर्दै, सामान्य Rinse साइकलको तुलनामा ५० प्रतिशत सम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ ।

परिणामस्वरूप कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार घरायसी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका प्रमुख विशेषताहरू यस्ता रहेका छन् ।

  • १०० भन्दा बढी कठिन दागसँग प्रभावकारी लडाइँ: (हल्दी, दाल, कुकुम, मेहन्दी, अचार जस्ता दागहरू सहित)
  • Steam Wash Technology with In-built Heater: पानीलाई ९५°C सम्म तताएर गहिरो र हाइजिनिक धुलाई
  • 95°C Advanced Tub Clean with Auto Reminder: प्रत्येक ४५ वाशपछि स्वचालित Reminder सहित ड्रम क्लिन
  • ६५% सम्म पानी बचत: टप-लोड वाशिङ मेसिनको तुलनामा बढी दक्षता
  • 1400 RPM हाई-स्पिन मोटर: बढी पानी निष्कासन र छिटो सुकाउने सुविधा
  • Digital Inverter Motor Technology: शान्त सञ्चालन, ऊर्जा-दक्षता र लामो समय टिकाउ
  • Refresh Program: हल्का प्रयोग भएका कपडालाई स्टीमद्वारा ताजा बनाउने सुविधा
  • Hygiene Wash: जीवाणु नियन्त्रणसहित गहिरो सफाइ

मोडेल र उपलब्धता

Godrej का यी प्रिमियम वाशिङ मेसिनहरू Eon Regalis Series अन्तर्गत ८ केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर CG Electronics मार्फत उपलब्ध छन् ।

यो योजना सीमित समयका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =