भद्रपुरमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविरः ४०८ स्थानीयले गरे स्वास्थ्य जाँच

काठमाडौं । सर्वोत्तम सिमेन्टले झापाको भद्रपुर नगरपालिका–९ स्थित आफ्नो कारखाना परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
‘सुखद जीवनका लागि हौँ निरोगी’ नाराका साथ एकदिने शिविरमा ४०८ जना स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् भने आवश्यक सबैलाई कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको छ ।
शिविरमा वरिष्ठ फिजिसियन, स्त्रीरोग विशेषज्ञ, नेत्ररोग विशेषज्ञ, छालारोग विशेषज्ञसहित २२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालित भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले सर्वोत्तम सिमेन्टले स्थानीय स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरिन् । त्यस्तै वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र प्रगति टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर रोक्काले पनि कम्पनीको सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गरे ।
सर्वोत्तम सिमेन्टका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेले यस्ता निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम भविष्यमा पनि निरन्तर लिएर आउने लक्ष्य लिइएको बताए ।
साथै सामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्धता व्यक्त गरे ।









