लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत चित्रकला प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज (आइतबार) भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा चित्रकला प्रदर्शनी गरिएको छ ।

नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस लगायतका विद्यार्थीहरूद्वारा बनाइएको चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।

महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस नोभेम्बर २५ मा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० सम्म मनाइन्छ ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =