प्रभु बैंकका सीईओसहित चार जनालाई थप दुई दिन थुनामा राख्न अनुमति
२०८२ मंसिर १९ गते

काठमाडौं । बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनामाथि भइरहेको अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले शुक्रबार थप २ दिनको म्याद थप गरेको हो ।
प्रभु बैंकका सीईओ शेरचनसहित डिप्टी सीईओ मणिराज पोखरेल, सीसीओ रिभाश श्रेष्ठ र राजेन्द्र शाक्यको भूमिकाबारे बैंकिङ्ग कसूर मुद्दामा अनुसन्धान जारी रहेको बुझिएको छ ।
उच्च अदालत पाटनको प्रशासन शाखाका अनुसार आवश्यक थप अनुसन्धानका लागि म्याद गरिएको हो ।
२०८२ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








