राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूत लिन जोनस्टनबीच बिदाइ भेट
२०८२ मंसिर १७ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Ms. Leann Johnston ले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
आज बुधवार राष्ट्रपति भवनमा उक्त शिष्टाचार बिदाइ भेट भएको हो ।
सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Leann Johnston लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
२०८२ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








