बैंकहरुले लोन प्याकेजहरु पुनरावलोकन गर्नुपर्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ हरु पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

आज (सोमवार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताए ।

गभर्नर पौडेलकाअनुसार उद्योगी, व्यवसायीहरुसँग छलफल गरेर बैंकका सिइओहरुले त्यस्ता प्याकेजहरु डिजाइन गर्नुपर्छ । अहिलेका प्याकेजहरु त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन सकेको छैन र ब्यापक रुपमा बैंकमा पैसा थ्रुपिएको छ । उनले बैंकहरुको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत बताए ।

गभर्नर पौडेलले यसविषयमा बैंकका सिइओसँग आगामी हप्ता छलफल समेत आफूले गर्न लागेको बताए ।

पौडेलकाअनुसार अहिलेका बैंकहरुको प्रोडक्टरहरु कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा हुनेछ । उनले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताए ।

उनले राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने समेत बताए ।

राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने, गाँभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताए ।

त्यसले बैंकहरुले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने आफूले विश्वास लिएको समेत बताए । सोमवार राष्ट्र बैंकले बैंकहरुलाई महानगर भित्र शाखा खोल्न र बन्द गर्न स्वतन्त्रता दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =