पेट्रोलियम पदार्थको नयाँ मूल्य: डिजेल १.४४ रुपियाँले घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा परिवर्तन आएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर डिजेलमा रु. १.४४ ले घटेको छ । त्यस्तै हवाई इन्धनमा प्रति लिटर रु. ५.६२ ले बढेर आएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको निर्णयअनुसार ०१ डिसेम्बर, २०२५ (मिति २०८२/०८/१५) को बिहान ००:०१ बजेदेखि लागू हुनेगरी साबिकको खुद्रा विक्री मूल्यमा प्रति लिटर डिजेलरमट्टितेलमा प्रति लिटर रु. १.०० ले घटाइएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६.०० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले बढाइएको छ ।

त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि मा विक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल तथा एल. पि. ग्यासको विक्री मूल्य यथावत् राखिएको छ ।

 निगमको डिपोरकार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा विक्री मूल्य देहाय बमोजिम कायम गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =