शिखर इन्स्योरेन्सलाई मेरिट प्रमाणपत्र प्रदान, रच्यो इतिहास

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (SAFA) ले प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान अन्तर्गत मेरिट प्रमाणपत्र हासिल गरेको छ । यससँगै शिखर इन्स्योरेन्स यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी बनेको छ ।

यो उपलब्धि शिखर इन्स्योरेन्स मात्र होइन, सम्पूर्ण नेपाली बीमा क्षेत्रका लागि पनि एक महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ । SAFA द्वारा प्रदान गरिने यो मान्यता दक्षिण एसियाभित्र वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहिता प्रवर्द्धन गर्ने प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।

कम्पनीका अनुसार प्राप्त सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षमा अपनाउँदै आएको बलियो संस्थागत सुशासन, वित्तीय अनुशासन, तथा हितधारकसँगको पारदर्शी सञ्चारप्रति देखाउँदै आएको प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।

शिखर इन्स्योरेन्सले वित्तीय सूचनाको प्रकटीकरण सुधार गर्ने, वार्षिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार गुणस्तरीय बनाउने तथा सर्वसाधारणका लागि उपलब्ध गराइने सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने कार्यमा निरन्तर प्रयास गर्दै आएको बताएको छ ।

कम्पनीले प्राप्त मान्यताले भविष्यमा अझ उच्चस्तरीय सुशासन, पारदर्शिता र उत्कृष्ट प्रतिवेदन प्रणाली विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेको छ । यसले समग्र नेपाली बीमा क्षेत्र तथा देशको कर्पोरेट समुदायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =