आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा विशेष स्वास्थ्य सेवा छुट

नेपालगञ्ज । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले अब नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
अस्पतालसँग गरिएको सहकार्यपछि बीमित तथा कर्मचारी–अभिकर्ताले विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत, ल्याब टेस्ट तथा एक्स–रे सेवामा ३० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, साथै अपरेसन, भिडियो एक्स–रे तथा औषधिमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
छुट सुविधा उपयोग गर्न बीमितहरूले IME LIFE Mobile App मा उपलब्ध Privilege Card देखाउनुपर्नेछ । अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको अधिकृत परिचयपत्र प्रस्तुत गरेपछि छुट पाउने छन् ।
कान्ति आरोग्य अस्पताल नेपालगञ्ज क्षेत्रको ख्यातिप्राप्त बहुविषयक स्वास्थ्य संस्था हो । बिरामी–केन्द्रित सेवालाई प्राथमिकता दिँदै अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत अत्याधुनिक चिकित्सा सेवा प्रदान गर्दै आएको छ ।
शहरको मध्यभागमा अवस्थित यस अस्पतालले अत्याधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मीमार्फत उच्चस्तरको उपचार सेवा उपलब्ध गराउँदै आएको छ।








