आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख शक्ति बन्नेछ : भीम रावल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने बताएका छन् ।
शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलार्य आग्रह गरे ।
नेता रावलले सुदूरपश्चिम प्रदेशका कठिनाईलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको बताए । ‘अब प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा होस्, वा अरु दिन होस् । अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईहरुलाई नेतृत्व दिनेछ’ उनले भने ।
नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाए ।








