नेपालमा हुवावे वाच GT 6 सिरिज सार्वजनिक

काठमाडौँ । ले नेपालमा आफ्नो नयाँ Huawei Watch GT 6 Series औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

यसमा Huawei Watch GT 6 र Huawei Watch GT 6 Pro मोडेलहरू समावेश छन् । टिकाउपन, डिस्प्ले स्पष्टता र लामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्त्वपूर्ण सुधार र नयाँ मानकहरू स्थापित गरेको कम्पनीले दाबी गरेको छ ।

Huawei Watch GT 6 46mm र 41mm दुवै साइजमा उपलब्ध छ। यसमा 3,000 nits सम्मको ब्राइटनेससहितको AMOLED डिस्प्ले र परिष्कृत स्टेनलेस–स्टील डिजाइन छ । मोडेलअनुसार १४ देखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस लाइनअपको प्रमुख आकर्षण हो । Huawei Watch GT 6 को मूल्य छानिएको भेरियण्टअनुसार रु. ३४,४९० देखि रु. ३९,४९० सम्म पर्ने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीका अनुसार प्रिमियम बिल्डसहितको Huawei Watch GT 6 Pro रु. ५४,४९० देखि रु. ७४,४९० को मूल्यमा उपलब्ध छ । Pro भेरियण्ट किन्दा रु. ५,४९० मूल्यको Huawei Buds SE2 उपहार रूपमा प्राप्त हुन्छ । दुवै मोडेलमा १०० भन्दा बढी वर्कआउट मोडहरू, Multi-GNSS Positioning, र Android तथा iOS सँग अनुकूल Huawei Health App मार्फत सहज कनेक्टिभिटी जस्ता सुविधाहरू समावेश रहेको बताइएको छ ।

Huawei Watch GT 6 Series अधिकृत पुनर्विक्रेता Efix Nepal, Daraz, तथा देशभरका खुद्रा स्टोरमार्फत उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =