भायानेटको ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक, २०० Mbps वार्षिक प्याकेज ११,२०० रुपैयाँमा

काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ बजारमा ल्याएको छ । उच्च गति, भरपर्दो र किफायती इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको यो प्याकअन्तर्गत १०० Mbps, २०० Mbps र ३०० Mbpsका योजना उपलब्ध छन् ।

भायानेटले सबैभन्दा लोकप्रिय मानिएको २०० Mbps वार्षिक प्याकेज अब ११ हजार २ सय रुपैयाँ (VAT सहित) मा उपलब्ध हुने जनाएको छ । साथै २०० Mbps वा सोभन्दा माथिको वार्षिक प्याक लिने ग्राहकले १ महिना इन्टरनेट सेवामै निःशुल्क पाउने व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

यस्तै, २०० Mbps वा सोभन्दा माथिका प्याकेजमा Priority Serveसहित ‘Same Day Support’ सेवा समेत जोडिएको छ । भायानेटका अनुसार दिउँसो ३ बजेअघि दर्ता गरिने इन्टरनेटसम्बन्धी गुनासो सोही दिनमै प्राथमिकताका साथ समाधान गरिनेछ ।

ग्राहकको इन्टरनेट अनुभव थप सहज बनाउने उद्देश्यले कम्पनीले Mesh Router पनि छुटसहित उपलब्ध गराएको छ । सामान्य मूल्य ३ हजार रुपैयाँ रहेको Mesh Router हाल २ हजार ५ सय रुपैयाँमै उपलब्ध हुने भायानेटले जनाएको छ ।

कम्पनीले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ नयाँ तथा पुराना दुवै ग्राहकका लागि उपयोगी हुने दाबी गरेको छ । थप जानकारीका लागि भायानेटको वेबसाइट vianet.com.np/superhitinternetpack वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =