९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२०८२ मंसिर १० गते

काठमाडौं । बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ ।
महासंघकाअनुसार चाँदीको मूल्य समेत २० रुपैयाँले बढेको छ ।
मंगलवार २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
२०८२ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








