सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा नयाँ संसद भवनको अनुगमन (तस्बिरहरू)

काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिए । उनले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
निर्माणाधीन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदै छन् ।
हेर्नुहोस् तस्बिरहरू:









