गोलमेच कार्यक्रम

राजसंस्था पुनः स्थापनाका लागि कुनैपनि हदसम्म जान तयार छु: काँग्रेस नेता भण्डारी

काठमाडौँ । सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले राजसंस्था पुनः स्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू राजावादी नभए पनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनः स्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए उनले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हाबी भएको आक्रोश समेत व्यक्त गरे ।

उनले काँग्रेसभित्र पद प्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए ।

उनले भने ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ । नेपालको नेपालको राजनीतिमा दलभित्र पनि ठुलो प्रभाव छ । पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु काँग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी काँग्रेस भएको छु ।’

हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उनको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =