‘झरिपछिको इन्द्रेणी’ चलचित्रको ‘फसायो लमी’ गीत रिलिज (भिडिओ)

काठमाडौँ । काठमाडौँ–सिनेमा‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ ।
अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् ।
अधिकारी र लामाको गीतमा अतिथि भूमिका हो । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन् ।
मौसम हिमालीको नृत्य निर्देशन रहेको सिनेमाको छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का,राम कार्की र सुवास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । यही सिनेमाको लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङका लागि लामो समयपछि फर्किएका थिए ।
उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ । यही सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् ।
बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहको छ । निर्देशक घिमिरेको कथा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ । सिनेमा ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । फिल्मले आफ्नो पहिलो गीत काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको युट्युबबाट रिलिज गरेको छ ।
हेर्नुहोस् भिडिओ:








