टर्किएद्वारा सैन्य विमान दुर्घटनामा मारिएका २० सैनिकको अन्त्येष्टि

काठमाडौं । टर्किएले शुक्रवार सैन्य कार्गो विमान दुर्घटनामा मारिएका २० सैनिकहरूको अन्त्येष्टि गरेको छ ।
अङ्काराको मुर्टेड एयर बेसमा एक गम्भीर सैन्य समारोह आयोजना गरिएको थिया । जसमा सैनिकहरूका परिवार, वरिष्ठ राजनीतिक व्यक्तित्वहरू र टर्की सशस्त्र बलका शीर्ष कमाण्डरहरू उपस्थित थिए । समारोहपछि शवहरूलाई गाड्नका लागि उनीहरूको गृहनगर पठाइनेछ ।
बिहीवार राति शवहरूलाई टर्किए फिर्ता पठाइएको थियो । अङ्कारामा अवतरण गरेपछि शवहरूलाई अन्त्येष्टि सवारी साधनहरूमा राखेर काफिलाहरूमा अंकारा फोरेन्सिक मेडिसिन इन्स्टिच्युटमा लगिएको थियो । टर्किस वायुसेना सि–१३० कार्गो विमान मंगलबार अजरबैजानको सीमा नजिकै जर्जियामा दुर्घटनाग्रस्त भएको थियो ।
जसमा एफ–१६ लडाकु विमानहरूलाई समर्थन गर्ने १० सदस्यीय मर्मतसम्भार टोलीसहित सबै २० सैन्य कर्मचारीहरूको मृत्यु भएको थियो । मन्त्रालयले विमानको ब्ल्याक बक्स परीक्षणको लागि अंकारा ल्याइएको पनि पुष्टि गरेको छ ।








