कार्त्तिकमै बुद्धिको ६ फिल्म हलमा, रुपेश पनि चम्किए नाटकमा (भिडिओ)

काठमाडौँ । कात्तिक महिनाभर कलाकार बुद्धि तामाङको अभिनय रहेका ६ वटा चलचित्र प्रदर्शनमा आए । ती मध्य ‘जारी २’, ‘मन बिनाको धन’ र ‘परान’ यतिखेर हलमा लागि रहेको छ । साथै मण्डला नाटकघरमा उनी सहित उमेश तामाङको निर्देशन रहेको नाटक ‘मिलारेपा’ को पनि मञ्चन भइरहेको छ ।

११औँ शताब्दीमा तिब्बतीमा जन्मिएका बौद्ध धर्मका महान् योगी र आध्यात्मिक गुरु ‘मिलारेपा’ को जीवनकथामा बनेको नाटकमा कलाकार रुपेश लामाले प्रमुख भूमिका निभाएका छन् ।

कार्तिक १८ गतेदेखि मञ्चन भएको उक्त नाटक मङ्सिर २१ गतेसम्म मञ्चन हुनेछ ।

यसै सन्दर्भमा मकालुखबरले कलाकार बुद्धि तामाङ र रुपेश लामासँग समग्र चलचित्र क्षेत्र र नाटकका विषयमा कुराकानी गरेको छ ।

कुराकानीका क्रममा कलाकार तामाङले चलचित्र मनोरञ्जन मात्र नभएर संस्कार र संस्कृतिको संरक्षण पनि भएको बताए । चलचित्रले खबरदारीको पनि काम गर्ने भएकाले सरकारले अझै यस क्षेत्रलाई विशेष रूपमा हेर्नुपर्ने उनको भनाई छ ।

गत कार्त्तिक २० गते (बिहीबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र फिल्मकर्मीबीच दुई घण्टा लामो छलफल भएको थियो । छलफलमा अभिनेत्री नीति शाहले महिला कलाकारलाई समस्या भएको भन्दै भ्यानिटी भ्यानको व्यवस्था गर्न आग्रह गरिन् ।

पछि उनले राखेको उक्त प्रस्ताव मिडियामा चर्चाको विषय बन्यो । मुलुकका ठुला समस्या छाडेर उनी भ्यानिटी भ्यानतिर लागेको भन्दै केही कलाकारले असन्तुष्टि व्यक्त गरे ।

यसबीच कलाकार बुद्धि तामाङले भने भ्यानीटि भ्यानको प्रस्ताव सरकारले स्वीकार गरे धेरै राम्रो हुने बताए । त्यसैगरी कलाकार रुपेश लामाले पनि पर्यटकलाई थिएटर भिजिट सहितको टुर प्याकेजको व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

हेर्नुहोस् कलाकार बुद्धि तामाङ र रुपेश लामासँगको पूरा कुराकानी :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =