निर्वाचन आयोगले थाल्यो दलहरूसँग दोस्रो चरणको छलफल (तस्बिरहरू)

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल शुरु भएको छ ।

बिहीवार निर्वाचन आयोगमा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गरेको हो ।

यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग आयोगले छलफल गरेको थियो ।

बिहीवारको राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसा भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा र राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट लिलामणि पोखरेल लगायतका नेताहरुको सहभागीता छ ।

अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ । तर सरकार निर्वाचनको वातावरण बनाउन नलागेको आरोप राजनीतिक दलहरुले लगाउँदै आएका छन् ।

नेकपा एमालेले संसद पुनःस्थापनाको पक्षमा निर्णय गरेर अदालत जाने बताइसकेको छ । यसअघि बुधवार मात्रै निर्वाचनबारे आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =