अब प्रचण्ड, माधव नेपाल र भीम रावल सँगसँगै

भीम रावलको 'मातृभूमि जागरण अभियान' नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौं । लामो समयदेखि राजनीतिक वृत्तमा चर्चाको शिखरमा रहेको नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज औपचारिक रूपमा नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।

त आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूसँगको महत्त्वपूर्ण संवादपछि रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको थियो ।

आज दिउँसो काठमाडौँमा आयोजित एक बृहत् पार्टी समायोजन कार्यक्रमका बीच रावलको अभियानले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणको घोषणा गरेको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले यस समायोजन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =