‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

काठमाडौँ । निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ ।

हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले चलचित्रको मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस चलचित्रमार्फत डेब्यु गर्दै छिन् । उनले यस अघि केहि म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी छन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो चलचित्रको नाम सुन्दा नारीकथामा आधारित जस्तो लागे पनि, यो एक शुद्ध लभ स्टोरी हुने निर्देशक चाम्सले बताएका छन् । चलचित्रमा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु,आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन् ।

निर्देशक चाम्सका अनुसार चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ । राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ ।

‘विर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ र ‘अञ्जिला’ जस्ता फरक–फरक शैलीका सफल चलचित्र निर्देशन गरेर आफूलाई सशक्त फिल्ममेकरको रूपमा स्थापित गरिसकेका निर्देशक मिलन चाम्सको पछिल्लो फिल्म ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =