काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रह: तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्

काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताए ।

पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाइ नगर्न पनि काँग्रेसलाई सचेत गराए । काँग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सृजना हुने उनको बुझाई थियो । पूर्वराष्ट्रपति यादवले मुलुक जेन—जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको जिकिर समेत गरे ।

उनले भने ‘पोलिटिकल पार्टीहरूले अव निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ । चुनावको माहौला पोलिटिकल पार्टीहरूले अलमल नगरी चुनावको माहौल बनाएर जानुपर्छ । यो काँग्रेस लिडिङ पार्टी हो । अहिले काँग्रेस के डिसाईड गर्छ ? काँग्रेसले जुन दिन डिसाईड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ । त्यो दिन देशभर चुनावमय हुन्छ । र चुनाव सफल हुन्छ । त्यसका लागि तपाईँहरूले चाँडै डिसाईड गर्नुस् । अब अलमलमा नबस्नुस् । अरू पार्टीहरू जेनजी भाईबहिनीहरुलाई जसले यही संविधानलाई टेकेर अघि बढ्नुपर्छ भनेका छन् । आफूमा छलफल गर्नुस् ।’

पूर्वराष्ट्रपति यादवले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =