एमालेमा समाहित हुँदै श्रेष्ठले भने– ‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’

काठमाडौँ । नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामर्थ्य नेकपा ९एमाले०सँग मात्र रहेको बताएका छन् ।

सोमवार नेकपा ९एमाले०ले काठमाडौँमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उनले यस्तो बताएका हुन् ।

आजको दिन आफ्नो लागि एकदमै भावनात्मक र ऐतिहासिक क्षण भएको उनको भनाइ छ । नेता श्रेष्ठले विभिन्न कारणले चार वर्ष अगाडि एमाले छोडेको भएपनि पछिल्लो समय आफ्नो उक्त निर्णय ठिक नभएको निष्कर्षमा पुगेको भन्दै आत्मआलोचना गरे । उनले एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको दाबी समेत गरे ।

उनले भने ‘आज यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्ष अगाडि हामी विभिन्न कारणले नेकपा ९एमाले०बाट अलग भएर अर्को बाटो रोज्यौँ । त्यो निर्णय त्यो बेलाको परिधिमा ठिक आगेपनि पछिल्लो समय त्यो निर्णय ठिक थिएन भन्ने निष्कर्षमा पुगेका छौँ । एमाले छोडेपछि हामीले बुझ्यौँ यो पार्टी एउटा सङ्गठन मात्रै होइन । एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयत र लोकतान्त्रिक दिशा दिएको छ । आजको कठिन आर्थिक र राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामर्थ्य पनि एमालेसँग मात्रै छ । अध्यक्ष कमरेडको दृढता, अटलता र देशप्रतिको समर्पण आजपनि लाखौँ युवाका लागि प्रेरणा बनेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज लाखौँ युवाका लागि प्रेरणा बनेको उनको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =