रामकुमारी झाँक्रीलगायत नेताहरू एमालेमा फर्किए (तस्बिरहरू)
२०८२ कार्तिक २४ गते

काठमाडौँ । विघटित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरू नेकपा (एमाले) मा फर्किएका छन् ।
सोमवार नेकपा (एमाले)ले आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किएका हुन् ।
२०७८ सालमा एमाले विभाजन हुँदा उनीहरू नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए ।
कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीहरूसँग एकतामा जाँदा उनीहरूले विरोध गरेका थिए । घर फर्क अभियान घोषणा सभामा एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिन्ह सूर्य तथा उनीहरूले कलम चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरे ।
हेर्नुहोस् :

२०८२ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित








