नेपाली कम्युनिष्ट पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफूहरुको पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्ने बताएका छन् ।

आईतवार निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरु पेश गर्न पुगेका उनले यस्तो बताए ।

उनले १० वटा कम्युनिष्ट घटकहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्नुहुँदै जेन जीले उठाएका मागमा आफूहरुको पूर्ण समर्थन रहेको बताए ।

उनले १९ गते दल दर्ताका लागि निवेदन दिएको र आवश्यक कागजातहरु अहिले पूर्ण रुपमा ल्याएर बुझाएको बताए । ‘नेपाली कम्युनिष्ट पार्टी भनेर बनाएका छौँ । १० वटा कम्युनिष्ट घटकहरु छौँ । पाँच वटा यसअघि नै निर्वाचन आयोगमा दर्ता भएर काम भइरहेको थियो । कार्तिक १९ गते नै दर्ता गरेका थियौँ । विगतमा दर्ता भएका माइन्युटदेखि सबै कुराहरु निर्वाचन आयोगलाई चाहिने विधान माइन्युट लगायत नयाँ पार्टीको घोषणा पत्र सबै व्यवस्थित रुपमा बुझाएका छौँ । सचिवज्युले सबै कागजात बुझ्नुभयो । हामीले सबै कागजातहरु पूरा गरेर दिएका छौँ । जेन जीले उठाएका मागलाई पूर्ण समर्थन हुन्छ । हाम्रो पार्टी भ्रष्टाचार र बेथितिका विरुद्धमा उभिँदै हामीले नेपाली समाजको आमूल परिवर्तनको दिशामा जान्छौँ’ उनले भने ।

कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको वाम एकता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =