र्‍यापर ‘योद्धा’को ‘अग्निपथ’मा बालेनको सम्मान, मेयरले भने- ‘आजीवन आभारी रहनेछु’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले र्‍यापर सनम गुरुङ ‘योद्धा’ प्रति आभार व्यक्त गरेका छन् ।  सार्वजनिक भएको योद्धाको नयाँ म्युजिक भिडिओ ‘अग्निपथ’मा आफूलाई सम्मान (ट्रिब्युट) दिइएको भन्दै मेयर साहले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन् ।

मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै मेयर साहले योद्धाको मायाप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले आफू यो सम्मानको लायक भए/नभएको थाहा नभए पनि प्राप्त मायाका लागि सधैँ ऋणी रहने बताएका छन् । ‘प्रिय योद्धा, मलाई थाहा छैन म यो ट्रिब्युटको लायक थिएँ कि थिइनँ,’ मेयर साहले लेखेका छन्, ‘हजुरको मायाको लागि आजीवन आभारी रहनेछु !’

सार्वजनिक भएको ‘अग्निपथ’ गीतको म्युजिक भिडिओमा योद्धाले मेयर साहको काम र संघर्षलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेका छन् । भिडिओमा योद्धाले साहसिक र क्रान्तिकारी कदम चाल्ने एक नायकको वर्णन गरेका छन्, जसको बिम्ब मेयर साहसँग मिल्दोजुल्दो देखिन्छ । गीतका शब्दमा ‘अन्डरग्राउन्डमा फ्लो कडा हुनाले बालेन दाइ उठेको होला’ र ‘बालेन दाइ सँग डोजर ल्याएर गर्छु सखाप’ जस्ता पङ्क्तिहरूले मेयर साहको राजनीतिक यात्रा र कार्यशैलीलाई प्रत्यक्ष समर्थन गरेको बुझिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =