सुनको मूल्यमा गिरावट, चाँदी पनि ओरालो लाग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। हिजो प्रति तोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २ हजार ९९० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३ हजार ३६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ५६३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =