गगनलाई सिटौलाको जवाफ– फेसबुकबाट सभापति छान्ने हो ? पार्टी कब्जा गर्न नखोज्नुस्

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाबीच सवाल जवाफ भएको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता सिटौलाले महामन्त्री थापाका गतिविधिबारे प्रश्न उठाएका थिए । उनले थापा सामाजिक सञ्जालमा सेलिब्रेटी बन्नका लागि पार्टीको महामन्त्री हुँ भन्ने कुरा नै बिर्सेको टिप्पणी गरेका थिए ।

उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गरेको भन्दै महामन्त्री थापाको आलोचना गरेका थिए । उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गर्ने भए सचिवालय बन्द गर्ने की नगर्ने भन्दै प्रश्न गरेका थिए ।

उनले महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले फेसबुकबाट सभापति छान्ने हो ? भन्दै गगनलाई प्रश्न समेत गरेका थिए ।

नेता सिटौलाले महामन्त्री थापालाई आफ्नो चरित्र सुधार्न र बोल्न मन लागेको कुरा बैठकमा बोल्न आग्रह समेत गरेका छन् । उनले बैठकमा नबोल्ने तर सामाजिक सञ्जालमा लेख्न लगाउने गरेको आरोप समेत लगाए ।

उनले थापालाई आफू पार्टीको महामन्त्री हुँ भन्ने कुरा थाहा पाइराख्न सुझाव पनि दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =