सुजितकुमार शाक्य एनआईसी एसिया बैंकको सीईओमा नियुक्त

काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।

बैंकको सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले सुजितकुमार शाक्यलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकका अधिकारी अर्जुन खनियाँले मकालुखबरलाई जानकारी दिए ।

ललितपुर पुल्चोकका स्थायी बासिन्दा शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । उनले हाल नबिल बैंकमा वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) का रूपमा काम गरिरहेका छन् ।

बैंकिङ क्षेत्रमै करिब तीन दशकको अनुभव संगालेका शाक्यले नेपालका अग्रणी बैंक तथा वित्तीय संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यसअघि असोज महिनामा तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले कार्यकाल समाप्त हुनुअघि करिब १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए । न्यौपानेको राजीनामापछि रिक्त बनेको सीईओ पदमा अब शाक्यले नेतृत्व लिने भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =