काँग्रेस केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

दिउँसो साढे १ बजेबाट सुरु भएको बैठकमा महाधिवेशनबारे विशेष छलफल हुने बताइएको छ । साथै पार्टी निर्वाचनमा जाने की संसद पुनःस्थापनाको पक्षमा उभिने भन्ने पनि निर्णय गर्ने बताइएको छ ।

दसैँपछिबाट सुरु भएको केन्द्रीय समितिको बैठक तिहार र छठका कारण आजलाई सरेको थियो । नेताहरूले नियमित महाधिवेशन हुनुपर्ने र त्यो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै आएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले ५४ प्रतिशत गत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन् । तर संस्थापन पक्षधरले भने मिति सकिसकेका महाधिवेशन प्रतिनिधिको कुनै अर्थ नरहने बताउँदै आएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएको अवस्थामा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति देउवालाई गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सांघातिक आक्रमण भएको थियो ।

हेर्नुहोस् तस्बिरहरू:  

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =