विद्युत् लाइन काटिएको विरोधमा भाषण गर्दागर्दै ढलेका गौतमको निधन

काठमाडौँ । उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा भाषण गर्ने क्रममा बेहोस भएका कमल गौतमको निधन भएको छ ।

आज भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि भएको विरोध प्रदर्शनमा नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमले भाषण गरेका थिए ।

भाषण गर्दागर्दै बेहोस भएर उनी एक्कासि ढल्न पुगे । तत्कालै उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्याइयो ।

तर चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =