बाबुल गिरीविरुद्ध नितु पौडेलको परिवारले दियो प्रहरीमा जाहेरी
२०८२ कार्तिक ७ गते

काठमाडौँ । गायिका नितु पौडेलको परिवारले संगीतकार तथा गायक बाबुल गिरीविरुद्ध जाहेरी दिएको छ ।
गत शनिवार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
आज बिहान साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भयो ।
मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको हो ।
गिरी र पौडेल लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ ।
२०८२ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित








