मेरो घरको खरानीको कण कणको तपाईँहरूले हिसाब गर्नुपर्नेछ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित सम्पादकहरूसँग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

भ्रष्टाचार गरेको भन्ने लागेमा छानबिन गर्न उनले आग्रह गरे । नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानबिन गरे हुने उनको भनाई छ । उनले जलेको घरको खरानी बाहेक केही नभएको बताए ।

सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उनले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको बताए । उनले खातामा २०÷२५ लाख रुपैयाँ हुनसक्ने बताए ।

उनले भने ‘मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईँहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न, हो । अरूको सक्नुहुन्न भने केपी ओली एउटाको छानबिन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासङ्घले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ । एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईँहरूले हिसाब गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म सँग । त्यही गन्ने होला ? खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।’

उनले विश्वभरका बैकहरुसँग सोधेर आफ्नो सम्पत्ति छानबिन गर्न पनि चुनौती दिए । उनले सबैको सम्पत्ति छानबिन गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =