जेनजी भन्दै धम्क्याउने अर्जुन शाही कोटेश्वरबाट पक्राउ

काठमाडौं । जेनजी भन्दै विभिन्न सरकारी कार्यालयमा गई धम्क्याउने कार्यमा संलग्न अर्जुन शाही पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनले विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेको भन्दै उनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

‘विभिन्न अपराधमा संलग्न देखिएकाले पक्राउ गरिएको हो,’ भट्टराईले भने, ‘हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’

शाहीले आफूलाई जेनजी भन्दै सरकारी कार्यालयका कर्मचारीहरूलाई धम्क्याउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =