कृषि क्षेत्र ओझेलमा परेकोमा महानायकको चिन्ता, रियालिटी शोमार्फत पुस्तान्तरणको प्रयास

काठमाडौँ । नेपाली सिनेमा उद्योगका महानायक राजेश हमालले नयाँ पुस्तामा कृषिप्रतिको घट्दो चासो र ज्ञानको पुस्तान्तरणमा कमी आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बुधवार रियालिटी शो ‘र’ ‘रिभोलुनरी एग्रीकल्चल वार’सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले कृषि क्षेत्रको महत्वलाई पुनर्जागृत गर्न र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न रियालिटी शो आयोजना गर्न लागिएको पनि बताए । कृषि क्षेत्रको ज्ञान र सिप पुस्तान्तरका लागि उक्त रियालिटी शो महत्त्वपूर्ण साबित हुने उनको विश्वास छ । रियालिटी शोले कृषिको महत्त्व, परम्परागत ज्ञान, र आधुनिक प्रविधिको सम्मिश्रणमार्फत नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

उनले भने ‘नयाँ पुस्ताको कुरा गर्दा अहिले कृषि क्षेत्र ओझेलमा परेको छ । यो विडम्बना हो । हामीले २० वर्ष अगाडि मात्रैको कुरा गर्ने हो भने हरेक नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग जोडिएकै हुन्थ्यो । खेतिको कार्यहरू भइनै रहेको हुन्थ्यो । त्यो समयमा कृषिसम्बन्धी ज्ञान पनि पुस्तान्तरण हुँदै आइरहेको थियो । यसका लागि कुनै शिक्षा लिनुपर्ने पनि आवश्यकता थिएन । आज त्यस्तो छैन । अहिलेको पुस्ताले चामल र दूधको स्रोत पनि छैन । यसको पुस्तान्तरणका लागि पनि यो रियालिटी शो सुरु गर्न लागेका हौँ । ’

किसान र कामको महत्त्व, सम्भावना र चुनौतीबारे जानकारी गराउँदै मनोरञ्जन प्रदान गरिने उक्त शो हिमालय टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =