अख्तियारले लग्यो अनुसन्धानका लागि फोहर पानी प्रशोधन केन्द्रको कागजात
२०८२ असोज २९ गते

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ ।
आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो ।
आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए ।
‘‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’ उनले भने । वीरगञ्ज महाननगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा यहाँ फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।
२०८२ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित








