भूमि आयोग खारेजको विरोधमा एमालेमा आबद्ध किसान महासंघद्वारा सडक सङ्घर्ष सुरु

काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा -एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौँमा विरोध प्रदर्शन सुरु गरेको छ ।

मंगलवार अपराह्न महासंघको आह्वानमा काठमाडौँका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो ।

सो सभामा बोल्दै महासङ्घका अध्यक्ष डा. प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनः स्थापना नगरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने चेतावनी दिए । उनले गरिब किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरू सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारे ।

अध्यक्ष दंगालले भने ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर । तिम्रो निर्णय अविलम्ब खारेज गर । अन्यथा हामी सडक आइसकेका छौँ । सरकारले राम्ररी सुने हुन्छ अखिल नेपाल किसान महासंघले आफ्ना ५ लाख सदस्यहरू उर्ताछ । र देशव्यापी आन्दोलन गरेर हामी त्यसको आँधीबेहरी सृष्टि गरेर यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउनेछौँ ।’

प्रदर्शनीमा सरकारविरुद्ध चर्को नाराबाजी पनि गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =