पुष्कर र सनिशा अभिनीत गीत ‘यही त हो माया’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । लामो समयदेखि नेपाली कलाकारी क्षेत्रमा योगदान दिँदै आएका कलाकार पुष्कर कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

आइतबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत ‘यही त हो माया’ म्युजिक भिडिओ सार्वजनिक भएको हो ।

उक्त भिडिओमा दुई युवा–युवतिबीचको प्रेमकथालाई मनोरञ्जनात्मक ढङ्गमा प्रस्तुत गरिएको छ । प्रेमिकाले पनि प्रेमीलाई उत्तिकै मन पराउनले भए पनि शब्दले त्यसलाई व्यक्त गर्न नसकेको अवस्थालाई भिडिओमा देख्न सकिन्छ ।

जहाँ कार्कीको जोडीको रूपमा मोडल तथा अभिनेत्री सनिशा भट्टराईले अभिनय गरेकी छन् ।

गायक नरेश ढुंगाना र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन सुवेदीको शब्द रहेको छ ।

प्रशान्त शिवाकोटीको संगीत रहेको गीतलाई अर्जुन सुवेदीले नै निर्देशन गरेका हुन् ।

साथै गीतलाई रोजित त्रिताल र स्नेहा सापकोटा निर्माण गरेका हुन् ।

हेर्नुहोस् भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =