अष्टलक्ष्मी शाक्यले मागिन् ओलीको राजीनामा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका पुराना नेताहरूले बिदा लिनुपर्ने प्रस्ताव राखेकी छन् ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै पुराना नेताहरूले बिदा लिनुपर्ने प्रस्ताव राखेकी हुन् ।
‘पुरानाले जतिले बिदा लिनुपर्नेछ, र अहिलेकै नेतृत्वले पार्टीलाई अगाडि बढाउन नसक्ने निष्कर्षमा म पुगेँ’, उनले सचिवालय बैठकमा भनिन् ।
शाक्यले पार्टीको नेतृत्व परिवर्तनको आवश्यकता रहेको र पार्टीको भविष्यका लागि नयाँ दिशामा अघि बढ्नका लागि पुराना नेताहरूको बिदाइ अनिवार्य रहेको विचार व्यक्त गरेकी छन् ।
शाक्यले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिने आग्रह पनि गरेकी छन् । शाक्यले ओलीको राजीनामा माग्ने पहिलो पदाधिकारी हुन् । ‘ओलीले नैतिक जिम्मेवारी लिएर सहज निकास दिनुपर्छ र अरूलाई पार्टीको नेतृत्वमा अघि बढ्न अवसर दिनु पर्छ’ उनले भनिन् ।








