राजनीति कुनै एक पुस्ताको मात्र हुन सक्दैन : शंकर पोखरेल
२०८२ असोज १७ गते

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी निर्माणमा तीन पुस्ताको संयोजन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत पोखरेलले पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजनका रूपमा व्याख्या गर्ने उल्लेख गर्दै एमालेले तीन पुस्ताको संयोजनको अवधारणालाई अघि सारेको बताएका हुन् ।
‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र हुन सक्दैन,’ उनले लेखेका छन्, ‘खास समयमा देखिने असन्तोष र विद्रोहको आफ्नै स्थान हुन्छ । तर त्यसलाई नै राजनीतिको अबको बाटो ठान्नु भ्रम हो ।’
पोखरेलका अनुसार नयाँ पुस्ताको आकांक्षा र अभिव्यक्तिलाई सम्बोधन गर्न राजनीति र समाजले प्रयत्न गर्नुपर्छ । तर, ती आकांक्षालाई मात्रै समग्र राजनीतिक दिशानिर्देशकको रूपमा बुझ्नु भ्रम सिर्जना गर्ने कार्य हुने उनको तर्क छ ।
२०८२ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








