अहिलेको सरकारले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्नेछ : कुलमान घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गरेका छन् ।

विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गरेका थिए ।

जसमा गत वर्षको बाढी र पहिरोले धेरै क्षति पुर्‍याएको र अहिलेसम्म पनि पुल र सडक नबनेकाले अब नयाँ अध्ययन गरेर काम अघि बढाइने र छिटो काम सम्पन्न गर्नेगरी अघि बढ्ने बताए ।

अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन शुरु गरिने बताए । सरकार अफ्ठ्यारो स्थिति रहेको भन्दै विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नु सरकारको चुनौति रहेको बताए ।

उनले अहिलेको सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने बताए । आफूहरुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए । उनले छोटो समयमा धेरै विकास निर्माणका काम गर्नुपर्ने अवस्था रहेको बताए ।

मन्त्री घिसिङले अब देशभरकै लामो समयसम्म सम्पन्न नभएका सडक, पुलका ठेक्का तोडेर नयाँ ठेक्क लगाइने बताए ।

उनले मरिन डाइभर्सनको बारेमा धेरै छलफल भएको र कन्ट्याक्टरसँग धेरै चरणको छलफल भएको र कसरी सम्पन्न गर्न सकिन्छ भनेर निश्चित समयावधिअनुसार योजना बनाएर ल्याउन आग्रह गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =