सित्तैमा टिकट बाँड्ने प्रथा बन्द गरौं : सन्तोष सेन

काठमाडौं । नेपाली चलचित्र निर्माता सन्तोष सेनले नेपाली फिल्म उद्योगमा प्रचलित सित्तैमा टिकट बाँड्ने प्रवृत्तिको खुलेर विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो अभ्यासले दर्शकमा गलत सन्देश जाने र चलचित्रको वास्तविक मूल्यांकन गर्न कठिन हुने धारणा व्यक्त गरेका छन् ।

‘सित्तैमा टिकट बाँड्ने प्रथा बन्द गरौं,’ सेनले लेखेका छन्, ‘यो चलनले नेपाली चलचित्रप्रेमी दर्शकलाई गलत सन्देश दिन्छ ।’

उनले नेपाली चलचित्रको बलियो आधार मौलिक श्रम र दर्शकको सच्चा समर्थन भएको जनाएका छन् । ‘हामीले देखाउनुपर्ने शक्ति हाम्रो मौलिक श्रम र दर्शकको सच्चा समर्थन हो, नकि कृत्रिम हाउसफुलको भ्रम’ उनले भनेका छन् ।

उनले निर्माण गरेको चलचित्र बलिदान अहिले हलमा लागिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =