इण्डोनेसियामा विद्यालय भवन भत्किँदा १ जनाको मृत्यु, दर्जनौं घाइते
२०८२ असोज १५ गते

एजेन्सी । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक विद्यालय भवन भत्किँदा कम्तिमा एक विद्यार्थीको मृत्यु र दर्जनौं घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
सिदोआरजो जिल्लाको अल खोजिनी इस्लामिक बोर्डिङ स्कूलमा अनधिकृत रूपमा मर्मत गरिएको भवन दिउँसोको प्रार्थनाको समयमा अचानक भत्किँदा यो घटना भएको हो ।
पूर्वी जाभाको सुराबाया खोज तथा उद्धार कार्यालयका प्रमुख नानाङ सिगिटले बताए । कम्तिमा ३८ जना फसेको आशंका गरिएको छ ।
२०८२ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








