भियतनाममा बुआलोई आँधीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
२०८२ असोज १४ गते

एजेन्सी । भियतनाममा बुआलोई आँधीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । १३ जना अझै बेपत्ता छन् ।
३३ जना घाइते भएको स्थानीय दैनिक पत्रिका न्हान डान (पिपल) ले रिपोर्ट गरेको छ । आँधीले धेरै सार्वजनिक पूर्वाधार, घर, माछा मार्ने जहाजमा क्षति पु¥याएको छ ।
साथै उत्तरी र मध्य भियतनाममा विद्युत आपूर्ति अवरुद्ध भएको छ । भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आँधीपछिको अवस्था र त्यसपछिको बाढीलाई तुरुन्तै सम्बोधन गर्न अधिकारीहरूलाई आग्रह गरेका छन् ।
२०८२ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








