नेपाल प्रहरीका ४ डीआईजी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको सिफारिसमा बढुवा समितिले तयार पारेको नामावलीअनुसार डीआईजी सुशिलसिंह राठौर पहिलो नम्बरमा परेका छन् । त्यसपछि क्रमशः उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक सिफारिस सूचीमा छन् ।

राठौर हाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन् । चर्तुवेदी मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् ।

त्यसैगरी तेस्रो नम्बरमा सिफारिस भएका हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने डम्बरबहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =