जेनजी आन्दोलनका घाइते भेट्न टिचिङ पुगे मन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिएका छन् ।

गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्न गरेको निर्णय कार्यान्वयनमा आएको जानकारी उनले घाइतेलाई दिए ।

साथै उनले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =