अब इजरायली युद्ध रोक्ने बेला भयो, वेस्ट बैंकलाई इजरायली कब्जामा जान दिँदैनौँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जामा लिन अनुमति नदिने बताएका छन् । इजरायलले यसबारे नसोचे नै राम्रो हुने उनको चेतावनी छ ।

अब इजरायलको युद्ध रोक्ने बेला आइसकेको र धेरै भइसकेको उनको भनाइ छ । ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभाको बैठकमा अरब र मुस्लिम नेताहरूलाई विलय अनुमति नदिने प्रतिवद्धता जनाए । इजरायल–हमास द्वन्द्व अन्त्य गर्न र गाजालाई शासन गर्न गैर–हमास निकाय स्थापना गर्न ट्रम्प प्रशासनले प्रश्तुत गरेको २१–बुँदे योजनाबारे पनि छलफल भएको छ ।

गाजामा बढ्दो मानवीय संकटको बीचमा इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा पछिल्लो योजना आएको हो । साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेताहरू र वरिष्ठ अधिकारीहरूले बैठकमा भाग लिएका थिए । संयुक्त अरब इमिरेट्सले पहिले नै चेतावनी दिएको छ कि इजरायलीले गाभेको कुनैपनि कदम रातो रेखा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =