केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले छाडे रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएको खबर प्राप्त भएको छ ।

रास्वपाका एक नेताले अधिकारीले पदबाट राजीनामा दिएको जानकारी दिए । जेनजी आन्दोलनपछि पार्टीका पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले पनि राजीनामा दिएका थिए ।

पार्टी परित्याग गर्ने सदस्यलाई फर्काउनका लागि केन्द्रीय समितिको बैठकमा छलफल गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =