रकारको प्रवक्तामा सञ्चारमन्त्री जगदिश खरेल
२०८२ असोज ९ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारको प्रवक्ता नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
मन्त्रिपरिषद् विस्तारपछिको यो पहिलो बैठक हो । जसले खरेललाई आधिकारिक रूपमा सरकारको तर्फबाट धारणा सार्वजनिक गर्ने जिम्मा दिएको हो ।
खरेल सञ्चारमन्त्रीको हैसियतमा सरकारको सूचना व्यवस्थापन, सञ्चार समन्वय र सार्वजनिक सरोकारका विषयमा बोल्ने अधिकृत व्यक्ति हुनेछन् ।
सरकारको नीति, निर्णय र कार्यक्रमबारे आमजनतालाई जानकारी गराउने काम अब खरेलको मुख्य जिम्मेवारी हुनेछ ।
२०८२ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








